
काठमाडौं, जेठ १८ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिनुभएको छ ।
पूर्व मुद्दासँगको संलग्नतालाई लिएर न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न कानुन व्यवसायीहरुले माग गरेको भए पनि आजको इजलाशमा पूर्ववत नै न्यायाधीशहरु तोकिएको हो ।
नेकपा विभाजनसम्बन्धि फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलाशमा राख्दा नैतिक प्रश्न उठ्ने भन्दै अधिवक्ताहरुले विकल्पका लागि आग्रह गरेका थिए ।
यसैबारेमा सोमवार दिनभर न्यायाधीशहरुबीच छलफल पनि निष्कर्ष निस्केको थिएन । सोमबारको बैठकमा न्यायाधीशहरुले स्वविवेकमा निर्णय लिन भन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्