
बर्दिया, जेठ १९ । युनिक नेपाल बर्दियाले बर्दियाका दुई वटा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ सामग्री सहयोग गरेको हो ।
युनिक नेपालले २ लाख ७६ हजार बराबरको १/१ थान अक्सिजन कन्सन्टेटर र ३/३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको युनिक नेपालका सचीव महादेव रद्गैयाले बताउनुभयो ।
कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने उद्देश्यले युनिकले यस अघि विभिन्न स्वास्थ सामग्री सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्