
बुटवल, जेठ १९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ ।
महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ ।
समुदायस्तरमा निःशुल्क परीक्षण सुरु भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका वा कोभिड लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई परीक्षण गराउन नगर प्रमुख बासुदेव घिमिरेले अनुरोध गर्नुभएको छ ।
नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो ।
पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने भन्दै तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्