१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चीनमा दुर्लभ प्रकारको बर्डफ्लु संक्रमण पुष्टि


0
Shares

एजेन्सी । चीनको जाङ्सू प्रान्तमा पहिलो पटक एक मानवमा दुर्लभ प्रकारको बर्ड फ्लु संक्रमण देखा परेको छ ।

४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको पाईएको हो ।

चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा भने संक्रमण नदेखिएको बताइएको छ ।

उनलाई कसरी सङ्क्रमण भयो भन्ने विषयबारे विस्तृत विवरण खुलाइएको छैन ।

एच टेन एन थ्री नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सर्ने घटना भईरहने भएपनि यो संक्रमण बिरलै हुने गरेको छ ।

सङ्क्रमित व्यक्तिलाई गत अप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो ।

त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको एच टेन एन थ्री प्रकारबाट सङ्क्रमण भएको पुष्टि भएको बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

विश्वमा कुनै मानिसमा पनि यस प्रकारको सङ्क्रमण भेटिएको थिएन । यो पंक्षीबाट मानिसमा सरेको विरलै सङ्क्रमण हो ।

यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून रहेको पनि बताइएको छ ।