
स्याङ्जा, जेठ २० । लायन्स क्लब अफ गल्याङ सिटीले गल्याङ नगर अस्पतालका लागि हाई फ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमकाबीच लायन्स क्लब अफ गल्याङ सिटीले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेको हो ।
मेसिन ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूर्ण सामान सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो –‘अहिले सबै मिलेर महामारीको सामना गर्नुपरेको अवस्था छ । सबै पक्षबाट यस्तै सहयोगको लागि म अपिल गर्न चाहान्छु ।’
नगरप्रमुख अधिकारीले विपन्न परिवारका लागि अस्पतालमा लाग्ने खर्च पूर्ण रुपमा मिनाहा गर्ने गरिएको जानकारी पनि दिनुभयो ।
उहाँले नगरपालिकाकै श्रोतबाट अस्पताल चलाउनुपर्ने अवस्था रहेको भन्दै अक्सिजन र बेड निशुल्क गरिएको र औषधीको शुल्क मात्रै लिने गरिएको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो ‘अस्पतालको समितिले यस बारे निर्णय गरेको छ, वास्तविक विपन्न भएमा नगर अस्पतालमा कुनै शुल्क लाग्दैन ।
पाँच लाख २५ हजार रुपैयाँ बराबर मूल्य पर्ने उक्त मेसिन स्याङ्जा जिल्लामा पहिलोपटक गल्याङ भित्रिएको अस्पतालका चिकित्सक निरञ्जन चौधरीले बताउनुभयो ।
उहाँले हाल अस्पतालमा उपलब्ध अक्सिजनले ५/६ लिटर र बढिमा १५ लिटर सम्म फ्लो गर्न सक्ने भएकोमा यो मेसिनले ६० लिटर सम्म अक्सिजन फ्लो गर्न सक्ने जानकारी दिनुभयो ।
यो मेसिन अक्सिजनको तह घटेर गम्भिर अवस्थामा रहेका विरामीका लागि निकै प्रभावकारी हुने उहाँको भनाई छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको हो ।
लायन्स क्लब गल्याङ सिटीका सस्थापक अध्यक्ष श्यामप्रसाद बस्याल, पुर्व अध्यक्ष ओम थापा, डोल प्रसाद खरेल, वर्तमान अध्यक्ष अर्जुन बस्याल लगायतको उपस्थिति रहेको थियो ।
गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको हो ।
प्रतिक्रिया दिनुहोस्