१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांसद मोहन आचार्यद्धारा भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री सहयोग


0
Shares

रसुवा, जेठ २० । जिल्लामा कोरोना संक्रमण विस्तारसँगै उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै रसुवाका समाजसेवी एवम प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।

उहाँले यी अस्पतालका लागि करिब १६ लाख मूल्य बराबरको मिनी भेन्टिलेटर ४ वटा, अक्सिमिटर ३० वटा, बेड ५ वटा र सर्जिकल मास्क ३ हजार थान उपलब्ध गराउनुभएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई उत्त सामाग्री हस्तान्तरण गरिएको हो ।