२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप छनोट फुटबलमा नेपालले सोमबार जोर्डनसँग खेल्दै


0
Shares

काठमाडौं, जेठ २१ । विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जेठ २४ गते सोमबार जोर्डनसँग खेल्दैछ ।

पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले पराजित भएको थियो ।

घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको छ । नेपालले समूहको अन्तिम खेलमा २८ गते शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ ।

पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५÷० ले पराजित भएको थियो । यसअघि गएराति भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २÷० ले पराजित गर्‍यो ।

पहिलो खेलमा पनि नेपाल २÷० ले विजयी भएको थियो । नेपालमा लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंकसहित तालिकाको चौंथो स्थानमा छ ।

तालिकामा अष्ट्रेलिया ५ खेलबाट शत्प्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा ५ खेलबाट १० अंकको जोर्डन तेस्रो स्थानमा छ ।

अंकविहीन चाइनिज ताइपेइ पुछारमा छ । पाँच टाली सहभागी समूहको शीर्ष तीनमा रहने टिमले एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने छन् ।

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने आशा जिवितै राखे पनि बाँकी दुवै खेल जित्नुपर्ने कठिन चुनौती छ ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अब बाँकी खेलमा थप सजक भएर खेल्ने बताएका छन् ।

कुवेतको मौसमले भने नेपाली टिमलाई खेल्न सहज नभएको उनले बताएका छन् ।

उनले चाइनिज ताइपेइविरुद्धको जित कोरोना विरुद्ध लड्न फ्रन्टलाइनमा बसेका स्वास्थ्यकर्मीहरुलाई समर्पण गरेका थिए ।