
कैलाली, जेठ २१ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको छ ।
उहाँले पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोध्नुभएको हो ।
एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।
तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्