
सुर्खेत, जेठ २१ । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले विज्ञप्ति जारी गर्दै अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे बस्ने जानकारी गराउनुभएको छ ।
उहाँले नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान भएको हो ।
प्रतिक्रिया दिनुहोस्