१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बौद्ध महासंघको टोलीले भेट्यो शिक्षामन्त्री, अध्यक्ष र सदस्य-सचिव नियुक्तिको माग


0
Shares

काठमाडौं, जेठ २१ । नेपाल बौद्ध महासंघको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ समक्ष भेट गरेको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले मन्त्री श्रेष्ठलाई परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका, गोन्पा /विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष र सदस्य-सचिव र सदस्य नियुक्ति गर्न माग गर्नुभएको हो ।

उहाँले गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्ययपनरत शिक्षकलाई गोन्पा शिक्षक सरहको मान्यता दिन समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै ऐच्छिक विषयको सास्त्रीय भोटभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ ।

पुर्वीय दर्शनको मौलिक स्रोत एवं नेपालको ज्ञानको धरोहरको रुपमा रहेको संस्कृत, भोट र पाली भाषा दिनानुदिन लोप हुँदै गएको अवस्थामा त्यसलाई संरक्षण गर्न पाट्यक्रम विकास केन्द्रले संस्कृत र पाली भाषाको पाठ्यक्रम विकास आर्न आग्रह गरेका छौ–महासंघद्धारा मन्त्री श्रेष्ठलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

महासंघले गोन्पा विद्यालयमा अध्यापनहुने भोट भाषा, भोट ब्याकरण र भोट भाषाको माध्यमबाट अध्यापन हुने बौद्ध शिक्षा, बौद्ध दर्शन, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय अध्यापन गराउने शिक्षकको लागि अर्को व्यवस्था नभएसम्मका लागि देश विदेशका विभिन्न बौद्ध गोन्पाबाट भोट भाषाको माध्यमबाट अध्यापन पुरा गरेका शिक्षकलाई गोन्पा विद्यालयमा अध्यापन गराउन नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ ।

मन्त्री श्रेष्ठले विश्वमा नेपालको परिचय दिने गोन्पा भाषा बौद्ध दर्शन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले महासंघको मागलाई तत्काल सम्बोधन गर्ने र शिक्षक व्यवस्थापन, निर्देशिका निर्माण र परिषद गठनको विषयमा तत्काल प्रकृया अघि बढाउने बताउनुभयो ।