६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


झापामा चलचित्रकर्मीलाई राहत वितरण


0
Shares

झापा, जेठ २३ । नेपाल चलचित्रकर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरू गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीहरुका लागि राहत वितरण कार्य अघि बढाइएको हो ।

संघले यसअघि राहत सहयोग संकलनका लागि ‘चलचित्रकर्मी राहत कोष’ खडा गरेको थियो ।

संघले झापाको बिर्तामोड दमक, मेरङको उर्लाबारी, इटहरी, विराटनगर र सुनसरीको धरानलगायतका क्षेत्रमा पुगेर खाद्य सामग्री सहयोग गरेको हो ।

संघका अध्यक्ष केवल तामाङ्गले चलचित्रकर्मीसमेत भोकमरीको चपेटामा परेका कारण दैनिक उपभोग्य सामग्री वितरण गरीएको बताउनुभयो ।

अध्यक्ष तामाङ्गले प्रदेश १ का अन्य विभिन्न क्षेत्रहरुबाट पनि राहतको माग भइरहेकोले त्यस क्षेत्रमा पहिलो चरणको राहत पुर्‍याउने काम भइरहेको बताउनुभयो ।

राहत वितरणसँगै आम नागरिकका लागि समेत अक्सिजन सिलिण्डर, औषधी, तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनमा समेत आफूहरु जुटेको जानकारी दिनुभयो ।

संघले चलचित्रकर्मीहरुका लागि स्वास्थ्य बिमा लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।