
प्रकाश लिम्बु
तेह्रथुम, जेठ २३ । धनकुटामा खरको छाना बिस्थापित गर्ने अभियान थालिएको छ ।
यहाँका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने अभियान थालेका हुन् ।
धनकुटाको महालक्ष्मी नगरपालिकाले ‘खरमुक्त नगर’ बनाउने अभियान सुरु गरेपछि स्थानीय खुसी भएका हुन् ।
लामो समयदेखि खरको छानामुनि बसेका परिवारलाई स्थानीय तहहरुले जस्तापाता उपलब्ध गराएपछि विपन्न परिवारमा खुसि छाएको छ ।
आर्थिक विपन्नताका कारण खरको छानामुनी कष्टकर जीवन बिताइरहेका नागरिकलाई नगरपालिकाले जस्तापाता वितरण गर्ने भएपछि उनीहरु खुसी भएका हुन् ।
खरको झुपडीमा पानी र हावाहुरी आउँदा छिमेकीको शरण लिनुपर्ने बाध्यता रहेको स्थानीयको दुखेसो छ ।
वर्षायाम सुरु भएसँगै दैनिकजसो पानी परेको हुँदा खरका छानाबाट पानी चुहिने समस्या भएका विपन्न परिवारले जस्तापाता पाएसंगै ढुक्कले निदाउन पाउने भएका छन ।
नगरपालिकाले जस्तापाता वितरण गरेपछि विपन्न परिवारलाई १५ वर्ष ढुक्क भएको छ ।
वर्षौदेखि फुसको चुहिने छानो मुनि बस्न बाध्य स्थानीयले जस्तापता पाएपछि हरेक बर्ष खर, बाँसको झन्जटबाटसमेत मुक्ति पाएका छन् ।
खरको छाना बिस्थापन गर्ने नीति स्थानीय तहले लिएसंगै अहिले टिनको छाना टलल्ल टल्कीदा गाउँघरनै उज्यालो झैं देखिन्छ ।
महालक्ष्मी नगरपालिकाले गत वर्षबाट सुरु गरेको खरका छाना मुक्त गर्ने अभियानले आगामी आर्थिक वर्षभित्र नगरलाई फुसको छानारहित बनाउने लक्ष्य लिएको छ ।
वडा कार्यालयको सिफारिसमा परेका नगरपालिका भित्रका दुई सय २० घरपरिवारलाई जस्तापाता यस वर्ष अनुदानमा वितरण गरिएको हो ।
नगरपालिकाको गरिब तथा विपन्न परिवारको खरको छानो विस्थापित कार्यक्रम अन्तरगत महालक्ष्मी नगरपालिकाले चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो ।
फुसको छानो हुँदा वर्षासँगै आगोलागी तथा हावाहुरीको समयमा समस्या हुने गरेको भएपनि अब समाधान हुने भएको छ ।
नगरपालिकाले गरिब जनताको आशु पुछ्न विकास निर्माणको काम छोडेर पनि विपन्नजनताको घर छाउने अभियानलाई अगाडि बढाएपछि स्थानियले सिंह दरवारको साशन जनताकोे घरदैलोमाआएको झै महशुस गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्