२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा माओवादी केन्द्रको समर्थ फिर्ता


0
Shares

काठमाडौं, जेठ २३ । माओवादी केन्द्रले दिएको प्रदेश १ सरकारको समर्थन फिर्ता लिएको छ ।

प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनु भयो ।

पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन उपयुक्त नभएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।