१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिलमा करेन्ट लागेर एक जनाको मृत्यु


0
Shares

अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा न १२ पिरापानीका ४७ वर्षिय विष्णु गैरे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।