१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउन १ गतेदेखि बजेट कार्यन्वयनमा लाग्न विभागीय प्रमुखलाई शिक्षामन्त्री श्रेष्ठको निर्देशन


0
Shares

काठमाडौं, जेठ २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बजेट कार्यान्वयनमा लाग्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधी योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्न निर्देशाख दिनुभएको छ ।

उहाँले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस भन्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । सचिव थपलियाले बजेट तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताउनुभयो ।

शिक्षा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका योजनाहरु सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनुभयो । उहाँले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने बताउनुभयो ।

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिनुभयो ।

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिर्दै भन्नुभयो करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिनुभएको थियो । सो पत्र कार्यान्वयन गर्न पुनः मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिनभएको छ ।

बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रवन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गर्नुभएको थियो , लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताउनुभउभयो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तथक पुर्‍याउने व्यवस्था गर्न प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गर्नुभयो ।