१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने


0
Shares

काठमाडौं, जेठ २३ । डेनमार्कले नेपाल सरकारलाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको हो ।

विभागले खोप ल्याउनका लागि सहजीकरण गरिदिन युनिसेफलाई पत्राचार गरिसकेको जनाइएको छ ।

भारतको सेरम ईन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोप नै डेनमार्कले दिन लागेको हो ।

उक्त खोप आएपछि यसअघि पहिलो डोज लगाइसकेको ज्येष्ठ नागरिकहरुले दोस्रो डोज लगाउन पाउने संभावना बढेको छ ।

(स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले डेनमार्कले खोप दिने बताएका भए पनि नेपालस्थित डेनमार्क दूतावासले त्यस्तो कुनै निर्णय नभएको जनाएकाले उक्त समाचारका कारण पर्न गएको असुबिधाका लागि हामी क्षमाप्रार्थी छौं–सम्पादक)