१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमल थापाले कसे आफ्नै दुई अध्यक्षप्रति व्यंग्य, दुई अल्छी घोडाको चेपुवामा परे !


0
Shares

rpp president

काठमाडौं, जेठ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नै पार्टीका दुई अध्यक्षप्रति व्यंग्य कस्नुभएको छ ।

नाम नलिई तर, संकेतको निशाना छाड्दै थापाले आफ्नै सहकर्मी दुई अध्यक्ष पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई ‘अल्छी घोडा’को संज्ञा दिनुभएको हो ।

दुई अध्यक्षको भूमिकाप्रति निराशा व्यक्त गर्दै थापाले पार्टी एकताप्रति नै पश्चाताप भाव व्यक्त गर्नुभएको हो । तीन अध्यक्षको व्यवस्था गर्नु नै गतिहीनताको कारण भएको उहाँको निष्कर्ष पनि छ ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै थापाले आफू तीब्र गतिमा दौडने घोडा र अरु दुई अध्यक्षलाई भने अल्छी घोडासँग तुलना गर्नुभएको हो ।

थापाले लेख्नुभएको छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन । तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

अल्छी घोडाको बीचमा च्यापिँदा के हबिगत होला भन्दै उहाँले थप्नुभएको छ, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।’

थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच २०७६ फागुनमा एकता गरिएको थियो ।