१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चीनमा २०२१ भित्रै ७० प्रतिशत नागरिकलाई खोप दिने तयारी


0
Shares

एजेन्सी । चीनमा यस बर्ष लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

चिनियाँ जनस्वास्थ्य आयोगका उपप्रमुख चङ यि सीनले चीनमा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको भन्दै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतना आवश्यक रहेको देखाएको बताउनुभयो ।

खोप कार्यक्रमका बारे आम जनतालाई हिचकिचाहट नराख्न आह्वान गर्दै उहाँले खोपको ग्रेटवाल निर्माण गर्न जनता र सरकारबीच हातेमालो आवश्यक रहेको बताउनुभयो ।

आयोगका अनुसार हिजो सम्ममा चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाईसकिएको छ ।

विश्वमै कोरोनाको सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ ।