
काठमाडौं, जेठ २४ । सरकारले मंगलबार (भोलि)बाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप दिने भने पनि अन्तिम समयमा उक्त उमेर समूहलाई परिवर्तन गरेको छ ।
मंगलबारदेखि खोप पाउने उमेर समूहलाई परिवर्तन गरी ६२ देखि ६४ बनाइएको छ ।
काठमाडौं उपत्यकाको हकमा भने ६० देखि ६४ वर्ष उमेर समूह नै यथावत रहने छ । उपत्यकामा वडा कार्यालयहरुले खोप केन्द्र र उमेर अनुसार मिति तोकेका छन् ।
उपत्यकाका पालिकाले ६० देखि ६४ वर्षका समूहलाई खोप दिइने भनेर प्रचार गरिसकिएकाले त्यसलाई यथावत कायम गरिएको हो ।
उपत्यका बाहिर भने ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखिने छ ।
तिब्बतसँग सीमा जोडिएका जिल्लाका पालिकाहरुमा भने १८ वर्ष माथिका सबैलाई खोप दिइने छ ।
चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप मंगलबारदेखि लगाउन लागिएको हो ।
चीनले यसअघि ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्