
काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधीमा अनलाइन व्यावसाय नरोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधिश कुमार चुँडाल र सपना प्रधान मल्लको ईजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलीभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।
यस्तै आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म इ–कमर्शको सेवा प्रदान गर्दै आएका कम्पनीहरुको सेवामा रोक नलगाउन आदेश भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्