१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिँदैन– विश्व स्वास्थ्य संगठन


0
Shares

काठमाडौं, जेठ २५ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे चीनलाई थप दबाब दिन नसकिने जनाएको छ ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताउनुभएको हो ।

आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै अधिकार नरहेको भन्दै रयानले सदस्य मुलुकहरुबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गरिएको बतउनुभयो ।

कोरोना भाइरस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको भन्ने टुङ्गो नलागेका बेला डब्ल्यूएचओका अधिकारीले यस्तो बताएका हुन् ।

भाइरस चीनको वुहानस्थित प्रयोगशालामा बनाइएको आरोप अमेरिकासहितका केही पश्चिमा मुलुकले आशंका गरेका छन् भने चीनले यस आक्षेपलाई ठाडै अस्वीकार्दै आएको छ ।

यसै वर्षको शुरुआतमा चीनको भ्रमण गरेका डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीलाई कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि अत्यावश्यक सबै डेटामा पहुँच नदिइएको आरोप लगाइएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गर्दा चीन र अमेरिका सम्बन्धमै दखल परेको छ ।