
काठमाडौं, जेठ २५ । युरोपियन युनियन (ईयु)को संयोजनमा कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु नेपाल आइपुगेको छ ।
मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामग्रीहरु आइपुगेको हो ।
जर्मन नागरिकहरुले आपतकालीन सहयोग स्वरूप सो स्वास्थ्य सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो ।
ईयुको सिविल प्रोटेक्शन मेकानिजमेन्ट मार्फत ईयुको संयुक्त सहायता मिशनको एक हिस्साको रूपमा उक्त सामग्रीहरु नेपालमा आएको हो ।
जसमा ११२ थान भेन्टिलेटर, २० लाख ६८ हजार ५ सय, के ९५ मास्क, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख ३० हजार सर्जिकल मास्क, ५ थान आईसोलेशन टेन्ट, ५ सय गम बुट, २५ हजार लिटर हाण्ड स्यानिटाईजर र अन्य सामानहरू रहेका छन् ।
सबै सामाग्रीहरू इलेक्ट्रोनिक लजिष्टिक प्रबन्धन सूचना प्रणालीमा सूचीबद्ध भएको ईयुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्