२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप छनोट खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग खेल्दै


0
Shares

काठमाडौं जेठ २५ । सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को चीन एसिया कप फुटबलको छनोटमा नेपालले कमजोर प्रदर्शन गरेको छ ।

नेपालले दुवै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ ।

अब नेपालले दोस्रो चरणको छनोटको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियासँग खेल्दैछ ।

एएफसीको समूह बी मा रहेको अष्ट्रेलिया सबैभन्दा बलियो टिम हो ।

नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग उसकै भूमिमा ५÷० को हार बेहोरेको थियो ।

शुक्रबार कुवेतमा अष्ट्रेलियासँग खेल्दै गर्दा कमभन्दा कम गोल खानु नै नेपालको रणनीति हुनेछ ।

विश्वकप छनोटबाट बाहिरिइसकेको नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियालाई हराउनै पर्ने हुन्छ ।

जुन अहिलेसम्मको आँकडाले पनि असम्भव देखाउँछ । यसअघि गएराति भएको खेलमा नेपाल जोर्डनसँग ३÷० ले पराजित भएको थियो ।

नेपालले पाँच टोली सहभागी समूहको खेलमा दुवैपटक चाइनिज ताइपेईलाई मात्र हराउन सकेको छ ।