१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृषि क्षेत्रको अनुसन्धान र विकासका लागि दक्ष जनशक्ति सेनामा निर्माण गर्ने : प्रधानसेनापति थापा


0
Shares

काठमाडौं, जेठ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति नेपाली सेनामा निर्माण गर्दै लैजाने बताउनु भएको छ ।

मंगलबार लमजुङ जिल्लामा नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमणमा उहाँले सो कुरा बताउनु भएको हो ।

कृषि उपजमा आत्मनिर्भर हुने सरकारको नीति कार्यान्वयन गर्न संस्थानले सहयोग पुर्‍याउने समेत उहाँको भनाई थियो ।

नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई स्तरोन्नति गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

निरीक्षण भ्रमणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थिति थियो ।

नेपाली सेना कल्याणकारी कोषबाट शिक्षा क्षेत्रमा भएको योगदानमा उक्त केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको बि. एससी कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

नेपाली सेना अहिले त्रिभुवन विश्वविद्यालयले तोकेको मापदण्ड अनुरुप शैक्षिक र भौतिक पूर्वाधारहरुको विकास गर्ने कार्यको अन्तिम चरणमा पुगेको छ ।