२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निषेधाज्ञाका कारण समयमै कर बुझाउने अवस्था छैन् : निजी क्षेत्र


0
Shares

काठमाडौं, जेठ २६ । तीन वटा व्यावसायिक संस्थाले निषेधाज्ञाको समयमा मासिक रुपमा कर बुझाउसक्ने अवस्था नरहेको भन्दै कर बुझाउन नसकेकाहरुलाई जरिवाना नलगाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

ती संस्थाहरुले व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यावसायीलाई गत वर्षजस्तै समयमै बुझाउन समेत आग्रह गरेका छन् ।

कोभिडका कारण आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै संयुक्त विज्ञप्तिमा दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण मुलुकभर करिब ७० प्रतिशत उद्यम प्रभावित भएको उल्लेख गरिएको छ ।

आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने निजी क्षेत्रको विश्वास रहेको उनीहरुले जनाएका छन् ।