६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर


0
Shares

एजेन्सी । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूची विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएकाे आरोप लगाइएको जानकारी गराएको हो ।

यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले वाकी–टकी आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गर्ने आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले कु गरेसँगै सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिनुभएकाे छ ।