२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाली सेनालाई भारतीय सेनाद्धारा स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९ )महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसियु वेडहरु, पिपिइ सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको सेनाले जनाएको छ।