१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश पनि कानून भएकाले सर्वोच्चले रोक्नु गलत हो : महन्थ ठाकुर


0
Shares

काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ ।

सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जसपाका नेता रुष्ट बनेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्चले रोक्नु गलत भएको बताउनुभयो ।

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रीत हुने उहाँले बताउनुभयो ।