
काठमाडौं, जेठ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् ।
पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोनाबाट मुक्त भएका छन् ।
त्यस्तै थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।
देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्