
पोखरा, जेठ ३० । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
बैठकले सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री कुमार खड्कालाई नियुक्त गरेको छ ।
सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कुमार खड्काले वताउनुभयो ।
मन्त्रिपरिषद बैठकले संघको सुविधासमेत हेरेर पुर्व मुख्यमन्त्रीको सुविधा तोक्ने प्रवक्ता खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्