१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राउटे समुदाय किन राज्यबाटै अपहेलित ?


13
Shares

अशोक थापा

हामी २१ औं शताब्दीमा आइपुगेका छौं ।

हाम्रो समाज आधुनिक युगको समाज हो । नेपाल एक बहुभाषिक, बहुजाती,बहुसास्कृतिक भएको मुलुक हो ।

यहि समाजमा विभिन्न जातजाति, धर्म, परम्परा रितिरिवाज भिन्न भिन्नै शैलीमा मान्ने प्रचलन छ ।

त्यसैले पनि नेपाल एक सस्कृती र परम्पराले भरिपूर्ण मुलुकका रुपमा हामीले व्याख्या गर्ने गरेका छौ ।

यहि समाजभित्र एउटा लोपोन्मुख मानिएको जाती राउटे समुदाय छ । जो यो राज्यसंग कुनै सम्बन्ध राख्दैन ।

न त राज्यले नै यो समुदायलाई चेतनशिल समाजमा रुपान्तरण गर्न सकेको छ । आफुलाई जंगली राजाका रुपमा प्रस्तुत गर्ने यो समुदायलाई राज्यले भने मानवको साङ्लोमा बाध्न सकेको छैन ।

र त राउटे समुदाय जंगल मै रहे जंगली नै बनिरहेका छन । जीवन नै जंगल रोजेको यो समुदायलाई सरकारको सहयोग त सम्झिने उनिहरुले सुरक्षाको अनुभुती समेत गर्न पाएनन् ।

पछिल्लो घटनाले त झन् प्रष्ट रुपमा देखाएको छ । राउटेको सिङ्गो समुदाय मात्रै होइन यो समुदायका छोरी कति असुरक्षित छन र प्रलोभनमा पारेर कसरी यौनको सिकार बनिरहेका छन् ।

चेतना र अशिक्षाका कारण राउटे किशोरीहरुमाथि भएको यौन दुर्व्यवहार अत्यन्तै निन्दनीय र अपराधीक छ ।

सामाजिक संजाल तिनै अबोध किशोरीको शोषण भएका भिडियोले भरिएका छन । युटुबहरु उनकै नाम र बदनाम गर्न उक्सिएका छन ।

यो समाजका दानवरुपी मानवलाई यस्ता गतिविधि हुन नदिन र हदैसम्मको कारवाही गर्न किन डराउँछ ? घर नै जंगल भएका ती किशोरीले चाहिँ तिरस्कृत हुनुपर्ने ? अबोध राउटे चेलिहरुमाथी भएको यौन दुरव्यवहार अत्यन्तै निन्दनीय कार्य हो दोषीलाई हदैसम्मको कारवाही हुनुपर्छ ।

साथै अझैपनि सामाजिक संजाल (युट्युब, फेसबुक, ट्विटर, टिकटक) जस्ता माध्यममा ति अश्शिल भिडियोहरु आइरहेको हुँदा त्यसलाई रिपोर्ट गरौ, प्रहरी साईबर सेलले यो कुराको ध्यान दिइ सबै ठाउँबाट यो भिडियो हटाउनुपर्छ ।

राउटेनीमाथी दुर्व्यवहार भयो कि महिलामाथिरुरुके राउटे र मान्छेमा फरक छ ? ती अभावमा बाचिरहेकाहरुमाथि प्रलोभनमा पारेर कति शोषण भए होलानरु विश्वले कहाँ छ्लाङ मारिसक्यो राउटे अझै ढुङ्गेयुगमा छ यो समाज, यो सरकार, यो मानवअधिकारले किन ती राउटेलाई मानिसमा रुपान्तरण गर्न नसकेको ? कल्पना गर्नुहोस त आफू र राउटेको जिवनपद्धतिमा कति फरक पाँउनुहुन्छ ?

२१ औं शताब्दी आधुनिक समाजको नारा लगाइरहदा लज्जाबोध ती मानव अधिकारकर्मीलाई हुनुपर्ने होइन र ? अन्तष्टिय जगतमा मानवको शोषण भएका घटना सुन्दा नेपालमा नारा लगाउने ति मानव अधिकारकर्मीले राउटे किशोरीमाथी यौन शोषण हुँदा के हेरेर बसेका छन ? राउटे समुदाय शिक्षाबाट बन्चित गराइएको छ । उनीहरु पढ्न स्कुलजान पाप सोच्छन तर तिनीहरुलाई चेतनशील बनाउन र अन्य अरु जस्तै चेतनशिल बनाउन पहलकदमी चाल्नु आजको आवश्यकता होइन ? राउटे र हामी मानिसको धर्म, संकृति फरक होला तर चेतनामा परिवर्तन ल्याउन सक्नु त्यसको अभ्यासमा जुट्न सरकार ध्यान दिइदैन ?

यो आवश्यकताको विषय होइन ? उनिहरुको सस्कार इच्छाले भन्दा पनि चेतनाको स्तर नभएर अनुसरण गरिरहेका छन । जसलाई चेतनाको बिस्तार गर्न कसले सकेको छ को लागि परेको छ यो राज्यको दायित्व होइन ? सिङ्गो राउटे समुदाय नै यो समाज संग घुलमिल गर्न चाहन्छ र आकर्षित छ ।

तर विडम्बना उनिहरु सङको उनीहरुको आदिमकालको जीवनशैली परिवर्तन गर्न सक्ने चेतना र साहस छैन ।

हामीले रहेक कुरीती र बिसङगतीका विरुद्ध कलम चलायौ तर २१ औं शताब्दीको युगमा पनि ढुङ्गेयुगमा बाचेको त्यो समाज परिवर्तन गर्न सकेनौ वा पहल गरेनौ ।

राउटे मानव जाती हो, जंगली जनावर जस्तो रुपमा ब्याख्या विश्लेषण हुनु निकै दुखको बिषय बनेको छ । उनिहरुलाई मात्र चेतनाको अभाव छ ।

त्यो समाजसँगको अन्धबिश्वास ले गाँजेको छ । राज्यले राउटे समुदायलाई चेतना बिस्तार गर्न जरुरी छ । नकि अन्धभक्त भएर किशोरीहरुले यौन पिसाचहरुले गरेको शोषण चुपचाप सहिरहुन ।

प्रतिपाद गर्न सक्नु उनिहरुको चेतनाको बिकास हुनु हो । कानुनत यो बिषय समेटिनु अपरिहार्य छ । अनि मात्र समस्याको जड भेटिन सक्छ र समाधान हुन सक्छ ।

राउटे किशोरी माथिको यौन शोषण र चरित्र हत्याका गतिविधिमा संम्लग्न नरपिसाचलाई उन्मुक्ति दिइयो र हदै सम्मको कारबाही गरिएन भने जंगल नि जीवन रोजेका राउटे किशोरीहरु जिउँदै मारिन सक्छन ।

राउटे समुदायलाई जंगली प्रवृत्ति भन्दानी मानवीय प्रवृत्तिमा वृद्धि बिस्तार गर्न सक्नुनै राउटे समुदाय माथिको असली न्याय हुने छ ।

अनि मात्र समाज रुपान्तरण र बिस्तार भएको परिकल्पना गर्न सकिने छ । होइन भने राउटे समुदाय सधैं राज्यबाट यसैगरी अपहेलित भैरहने छन ।