
पोखरा, जेठ ३० । नेपाली कांग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेट गरेका छन् ।
कास्की कांग्रेसका सभापति कृष्ण केसी नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझावसमेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्