
हेटौंडा, जेठ ३० । मकवानपुरमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
मकवानपुरमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जानकारी दिनुभयो ।
खाद्यान्न तथा तरकारीसहित केही सहजताका साथ अन्य आवश्यक पसल व्यवसाय सञ्चालन हुने गरी निषेधाज्ञा लम्बाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्