१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


शेयर बजारमा कीर्तिमानको दौड कायमै, इन्डेक्स तीन हजारबाट लाग्यो उकालो


0
Shares

काठमाडौं, जेठ ३१ । सेयर बजार मापक नेप्से परिसूचकले कीर्तिमान बनाएको छ ।

नेप्से ४२.७२ अंकले बढ्दा ३०२५.८३ बिन्दुमा पुगेको हो ।

४ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेकर लागको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०४ रुपैयाँले बढेर १ हजार १४४ रुपैयाँ कायम भएको छ ।

खानीखोला हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम भएको छ ।

जोशी हाइड्रोपावरको मूल्य ३१ रुपैयाँले बढेर ३४१ रुपैयाँमा कारोबार भएको थियो ।

घलेम्दीको सेयर मूल्य ३२ रुपैयाँले बढेर ३५२ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसबाहेक आठ कम्पनीको सेयर मूल्य नौ प्रतिशत दरले बढेको थियो ।

बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ ।

एक लाख ७५ हजार ४११ पटकको कारोबारमा ३ करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ ।

कुल सेयर कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ छ ।