१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जर्मनीले नेपाललाई ४ अर्ब ८९ करोड सहायता दिने


0
Shares

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४ दशमलव ४ मिलियन यूरो) प्रदान गर्ने घोषणा गरेको छ ।

यससम्बन्धि विकास सहायता सम्झौता नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा सम्पन गरिएको काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरूप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता जर्मनीले गरेको छ ।

दुई देशबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आउँदो सन् २०२३ सम्म प्राविधिक र सन् २०२५ सम्म वित्तीय सहायता निरन्तर गर्न जर्मनी सरकार तयार भएको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

https://www.facebook.com/GermanEmbassyNepal/posts/1124063821434183