
काठमाडौं, जेठ ३१ । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ ।
ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।
प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधारको विकास गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने भन्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्