
तस्विर फाइल
काठमाडौं, असार १ । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
सडक अबरुद्ध भएसंगै सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् ।
बर्षा जारी रहेकाले अवरुद्ध राजमार्ग खोल्न समस्या भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्