
काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ ।
खनाललाई बुधबार दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको हो । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने बताइएको छ ।
ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि गत सोमबार खनाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
खनाललाई यसअघि कोरोना संक्रमण पनि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्