
लमजुङ, असार २ । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर ७ रातमाटाका ९ जना स्थानीयलाई उद्धार गरिएको हो ।
मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि रातभर खोलाको बीचमै रोकिएको र बुधबार बिहान उद्धार गरिएको मेयर रमेश पाण्डेले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।
बिहान मिदिम खोलालाई डोजर लगाएर भँगालोहरुमा पानी कटाई सोही डोजरको बकेटमा राखेर उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्