
काठमाडौं, असार २ । चेपाल चेम्बर अफ कमर्सले समस्त उद्योगी व्यवसायी लाई खोप सुबिधा उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
उद्योग व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा खटिनुपर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भन्दै चेम्बरले उक्त माग गरेको हो ।
चेम्बरले बुधबार विज्ञप्ति जारी गर्दै चेम्वरका पदाधिकारी तथा सदस्य, चेम्वरसंग आवद्ध सबै संघका सदस्य तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायी एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरहरुलाई अविलम्ब दुवै चरणको खोपको व्यवस्थाका लागि सरकारसमक्ष आग्रह गरेको हो ।
महामारीले समस्त निजी क्षेत्रलाई अक्रान्त तुल्याएका बेला समयमै कोरोनाको खोप उपलब्ध नभएकाले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा हस आएको चेम्बरको ठहर छ ।
निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने भन्दै चेम्बरले खोपका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्