
इलाम, असार २ । नेपाल–भारत सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा सीमा क्षेत्रका जनताका सुविधाका लागि छनौट भएको पूर्वाधारको योजना निर्माण गर्न समस्या हुने गरेको छ ।
इलामको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मानेभञ्ज्याङ्गदेखि सन्दकपुरको आहालगैरीसम्म छनौट भएका योजना कार्यान्वयनमा पटकपटक समस्या हुदै आएको हो ।
नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भ भएपनि दुवै देशका अधिकारी सम्मिलित संयुक्त सीमा सर्भे नहुँदा विकासका योजना कार्यान्वयनमा चुनौति थपिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले जानकारी दिनुभयो ।
प्रदेश र स्थानीय सरकारले सीमा क्षेत्रका जनताका लागि विकासका योजना छनौट गरेपनि सीमा यकिन नभएको भन्दै भारतीय सीमा सुरक्षा बलले निर्माणको काम रोक्दै आएको छ ।
सीमा पिलरले प्रष्ट रुपमा दुई देशको सीमा छुट्टयाए पनि भारतीय अधिकारीको संयुक्त टोलीको सर्भेपछि मात्रै काम गर्नुपर्ने अडान राखिदैं आएको छ ।
इलामको नेपाल–भारत सीमा क्षेत्र साढे ५२ किलोमिटर लामो छ ।
प्रतिक्रिया दिनुहोस्