
अर्घाखाँची, असार २ । अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक खण्ड लगातारको वर्षाका कारण गएरातिदेखि अवरुद्व सडक खुलेको छ ।
विभिन्न ठाँउमा पहिरो जाँदा गएराति देखि अवरुद्व सडक ६ बजे देखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सरोकारवाला निकायहरुसँग समन्वय गरि प्रहरीको सक्रियतामा अवरुद्व सडक संचालनमा ल्याएको हो ।
अवरुद्ध सडक सञ्चालनमा आएपछि गएराति बिचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु आ आफ्नो गन्तव्यमा हिँडेको छन् ।
प्रतिक्रिया दिनुहोस्