१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी र रुसी राष्ट्रपतिबीच जेनेभामा पहिलो पटक भेटवार्ता


0
Shares

एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुसी र अमेरिकी राष्ट्रपतिबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भइरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिक राष्ट्रपति जो बाइडनबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिहेको छ ।

उहाँहरु दुबैलाई स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले जेनेभामा स्वागत गर्नुभयो ।

‘राष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ । यहाँहरू वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ स्वीट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले यसो भनेपछि अमेरिकी राष्ट्रपति जोए बाइेडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले हात मिलाउनुभएको थियो ।

कथित रूसी साइबर आक्रमणदेखि युक्रेनमा रूसको भूमिकासम्म धेरै मुद्दाहरूमा दुई देशबीच तनाव छ ।

क्रेमलिन आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ ।

भेटअघि राष्ट्रपति पुटिनले समकक्षी बाइडनलाई योग्य विरोधीको उपमा दिनुभएको छ ।

दुबै पक्षले यो शिखर सम्मेलनबाट अपेक्षा पनि राखेका छन् । तर क्रेमलिनले कुनै पनि ऐतिहासिक सफलताहरूको अपेक्षा नगर्न भनिसकेको छ ।