१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भन्सार नगरि ल्याएको छड बनाउने कच्चा पदार्थ नियन्त्रण


13
Shares

कपिलवस्तु, असार २ । कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरिएको ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ भित्रिँदै गर्दा सशस्त्र प्रहरीले नियन्त्रण गरेको छ ।

मंगलवार बिहान भन्सार मुल गेट हुँदै यु पि ५३ सि टि २११९ नम्वरको ट्रेलरमा फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एम एस विलेट नेपाल भित्रिएको हो ।

ट्रेलरमा ३४.४ मेट्रिक टन विलेट विजया स्टिल प्रा.लि.का लागि भित्रिएको बताइएको छ ।

सशस्त्र प्रहरी वल २८ नम्वर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीका अनुसार विशेष सुचनाका आधारमा विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका– २ मा रहेको चेक प्वाइन्टमा पक्राउ गरेको बताउनुभयो ।

सशस्त्र प्रहरीले ट्रेलरसहित भारतको वरीयातपुर कुशिनगर बस्ने ३४ वर्षीय चालक सन्जय कुमार कुशवाह र २४ वर्षीय सहचालक अंगद कुमार कुशवाहलाई पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

उता भन्सार कार्यालय प्रमुख जनार्धन पौडेलले गाडी चालक नयाँ भएकाले थाहा नभएर भन्सार नगरी भित्रिएको बताउनुभयो ।

निषेधाज्ञाको मौका छोपेर भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा गाडि भित्र्याइएको स्थानीयको दावी छ ।