
काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्नुभएको छ ।
मन्त्री थापाले बुधबार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो ।
मन्त्री थापासँग आगामी दिनमा बोर्ड कसरी अगाडी बढ्ने र के–कसरी काम गर्ने भन्ने सन्दर्भमा छलफल भएको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईले बताउनुभयो ।
विज्ञापन बोर्डले विज्ञापनमा एकद्वार नीति ल्याउन लागेको भन्दै विज्ञापन एजेन्सीहरुले विरोध गरिरहेको सन्दर्भमा अध्यक्ष लक्ष्मण हुँमागाईले विज्ञापनमा एकद्वार प्रणाली लागु गर्दा विज्ञापन व्यवसायीहरुलाई नै सहज हुने जिकिर गर्नुभयो ।
सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागु हुनु भनेको सम्पूर्ण काम बोर्डले मात्रै गर्ने भन्ने नरहेको उहाँको भनाइ थियो ।
विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो कि भन्ने आशंकाका कारण ऐनको विरोध गरेको भन्दै उहाँले पहिले बोर्डले कार्य प्रारम्भ गरिसकेपछि प्रतिक्रिया जनाउन पनि अनुरोध गर्नुभयो ।
अध्यक्ष हुमागाइईँले विज्ञापन बोर्डले कुन मोडालिटी अनुरुप काम गर्ने भन्ने विषयमा सरोकारवाला मन्त्रालयहरुबीच छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्