१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको पहिचान खुल्यो


0
Shares

काठमाडौं, असार २ । सन्धुपाल्चोकको बाढी र पहिरोमा परि बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रशासनले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टिकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपति, हेलम्बु ३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीय काली तामाङ छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका १ का १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षी सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल साकी, हेमराज घिमिरे पनि वेपत्ता रहेका छन् ।

यस्तै भारतीय नागरिक कमल लोचन महत्तो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी वेपत्ता छन् ।

यस्तै चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपता भएका छन् ।