
काठमाडौं, असार ३ । कीर्तिपुर नगरपालिकामा विरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन उद्देश्यले लाइफ सेभिंग भ्यान परियोजना सेवा शुरु भएको छ ।
कीर्तिपुरबाट शुरु भएको अभियानले विरामीको जीवन बचाउनका लागि घरमा रक्तदाताबाट रगत संकलन कार्य गर्दछ ।
रक्तदाता स्वयंसेवी ज्ञानुराजा महर्जनले यो अभियान विश्वमै पहिलो कीर्तिपुरबाट शुरु गरेको बताउनुभयो ।
बिरामीलाई रगतको अभाव भएमा वा विरामीलाई तत्काल रगत आवश्यक भएमा सहज रगतको व्यवस्था गराउन सेवा शुरु गरेको उहाँले बताउनुभयो ।
गत जेष्ठ २५ गते बाट सो सेवाका लागि ब्लोदान, नेपाल रेडक्रस, रक्तदाता, रक्त स्वयंसेवक, रक्तदान आयोजक संगठन, रक्त बैंकको संयुक्त पहलमा सञ्चालनमा ल्याएको हो ।
यस अभियानका लागि नानी महर्जनले आफ्नो निजी कार निस्शुल्क प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्