
बैतडी, असार ४ । लगतारको वर्षाले महाकाली र सेती नदीका साथै अन्य खोलाहरुमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा– कञ्चनपुरतर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सर्तकता अपनाउन आग्रह गरिएको हो ।
बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयहरुले नदी आसपासका क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।
महाकाली नदीमा पानीले खतराको तह पार गरेको जनाइएको छ । महाकाली नदीमा पानीको बहाव घटबढ हुने भएकोले तटीय क्षेत्रमा नजान पनि सचेत गराइएको छ ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नदी किनारका बासिन्दालाई पनि सचेत रहन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्