१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संस्कृतिविद् सत्यमोहन जोशी उपचारपछि घर प्रस्थान, स्वास्थ्य अवस्था ठीक रहेको भनाइ


0
Shares

काठमाडौं, असार ४ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि अस्पतालबाट घर जानुभएको छ ।

किष्ट अस्पतालमा नौ दिनदेखि उपचाररत जोशीलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्ति निकाली जनाएको छ ।

श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि जोशीलाई जेठ २६ गते उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालले जानकारी दिएको छ ।