१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा करेन्ट लागेर एक युवकको मृत्यु


0
Shares

बागलुङ, असार ४ । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सडकबाट बाढीले ल्याएको माटो सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका ६ धाइरिङ १९ वर्षीय सागर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपल्लाचौर राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको स्थानीय याम बहादुर विकले बताउनुभयो ।

आफूले माटो उठाउने र नेपालीले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाई छ ।

करेन्ट लागि नेपालीलार्इ धौलागिरी अस्पतालमा ल्याइए पनि अस्पतालले केही समयमै मृत घोषित गरेको थियो ।

मृतक नेपाली ससुराको घरमा बस्दै आएका थिए ।

सामान्य ज्याला मजदुरी गर्ने नेपालीका पिताको पनि महिना दिन अघि मृत्यु भएको थियो ।

मृतकको शव अस्पतालमा राखिएको छ ।